सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध चयन
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार २०:१८:४४
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ। बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।
आठौं वार्षिक साधारण सभाबाट २ प्रतिशत बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । आ.व. २०७५/७६ को पुस मसान्तसम्म बैंकले कुल ६४ अर्ब १२ करोड निक्षेप संकलन गरि ५९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ। यसबाट बैंकले ७४ करोड २ लाख सञ्चालन मुनाफा तथा ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो।
काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर । उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जानकारी दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार