आजदेखि जनकपुरमा जसपा नेपालको एकता महाधिवेशन
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १०:५०:२०
८ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरमा हुँदैछ । जनकपुरको तिरहुतियागाछीमा महाधिवेशन हुनेछ ।
उद्घाटनमा सहभागी हुन देशभरबाट नेता–कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुँदैछन् । २० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
उनका अनुसार महाधिवेशनका १३ सयभन्दा बढी प्रतिनिधि छनोट गरिएको छ । आज दिउँसो उद्घाटन सत्र पश्चात् साँझादेखि बन्दसत्र सुरु हुने छ । जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ । नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ ।
हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार