आइसीसी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरियो ओमान
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार ११:२:१७
२८ जेठ, काठमाडौं । ओमान आइसीसी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।
ओमानले दिएको १५१ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।
योसँगै ओमानले यस विश्वकपमा लगातार तेस्रो हार बेहोरेको छ र विश्वकपबाट बाहिरिएको छ । अब समुह चरणको अन्तिम खेलमा ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।
त्यस्तै समुह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समुह बी मा शिर्ष स्थानमा रहेको छ । अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकको पर्खाइमा टिटिताल
पुष २, २०८१ मंगलबार
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
पुष २, २०८१ मंगलबार
महिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार