क्रिकेट संघभित्र बसेर मेरो बारे अनर्गल प्रचार गरियो, अब कानुनी उपचारमा जान्छुः पारस
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार ११:८:२३
२८ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूविरुद्द पदीय लाभ लिन गरिएका अनर्गल प्रचारको कानुनी उपचार खोजिने बताएका छन् । खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले यसबारे कानुनी उपचार खोजिने चेतावनी दिएका हुन् । उनले क्रिकेट क्षेत्रकै आँच आउने गरी गरिएका अनर्गल प्रचारविरुद्ध कानुनी उपचार खोजिने बताएका छन् ।
‘मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिनेछ,’ खड्काले फेसबुकमा लेखेका छन् ।
व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विश्वकपमा सक्दो हौसला प्रदान गरिदिन उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्राेपोगण्डामा विश्वास नगर्नुहोला । उनीहरूकै पहल र सक्रियताले मेरो विश्वकप सहभागिता सम्भव भएको छ ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्काले आफूले खेलाडीको रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा र संघको गरिमामाथि नै आँच आउने गरी पदीय लाभ लिन गरिएका अनर्गल प्रचारको उचित छानबिनसहित संस्थागत रूपमै कानुनी उपचार खोज्ने बताएका हुन् ।
उनले भनेका छनः
नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको छ । पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केही सराहनीय कार्यको फल स्वरूप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ ।
कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बीच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुःखद हो ।
नेपाली क्रिकेटमा खेलाडीको रूपमा मैले देशको झण्डा ओढ्दै यसको गरिमा र मान–प्रतिष्ठालाई थप उचाइमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झँदै यस खेलको विकासमा आफूलाई समर्पित गर्ने निधो गरेको हुँ । नेपाललाई क्रिकेटिङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाइमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु – र यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौँ भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिँदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठुलो अवसर समेत ठानेको छु ।
यस बीचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ ।
साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु ।
विश्वकप जस्तो सर्वोच्च मञ्चमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भइरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरू प्रति रहनु आवश्यक रहेको छ । यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिङ्गो विश्व सामु लडिरहेका हाम्रा खेलाडीहरूको मनोबल र हौसला बढाइदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार