अभिनेत्री सोनाक्षी सिन्हाले २३ जुनमा बिहे गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार ११:३४:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Sonakshi-Sinha-Birthday_SsOlMbxzVh_KA2bC0dcWx.jpg)
२८ जेठ, काठमाडौं । कुल प्रीत सिंह, कृति खरबन्द र तापसी पन्नुपछि बी टाउनकी अर्की सुन्दर अभिनेत्रीले बिहे गर्ने पक्का भएको छ । यो नायिका अरु कोहि होइन सोनाक्षी सिन्हा हुन् । ३७ वर्षीया सोनाक्षी दुलही बन्न तयार छिन् ।
सोनाक्षी सिन्हा लामो समयदेखि अभिनेता जहीर इकबालसँग डेट गरिरहेकी छिन् । दुवैले आफ्नो सम्बन्धको आधिकारिक पुष्टि नगरे पनि उनीहरुको सम्बन्ध र प्रेमले भरिएका तस्विर र पोस्टले उनीहरुको सम्बन्धलाई पक्कै पनि उजागर गरेको छ ।
अहिले सोनाक्षी सिन्हाले वर्षौंसम्म डेटिङ गरेपछि जहीरसँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने तयारी गरिरहेकी छन् । रिपोर्ट अनुसार ‘दबंग’ अभिनेत्री १३ दिनपछि दुलही बन्न लागेकी छिन् । उनले २३ जुनमा जाहीसँग जिउने र मर्ने कसम खानेछिन् ।
बिहेमा को को सहभागी हुनेछन् ?
सोनाक्षी सिन्हा र जहीर इकबालको विवाह मुम्बईमा मात्र हुने बताइएको छ । शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टियनमा विवाह समारोह मनाइनेछ । जसमा अभिनेत्रीको परिवार र नजिकका साथीहरुको सहभागिता रहनेछ ।
साथै ‘हीरामण्डी’का सम्पूर्ण कलाकारले पनि सहभागिता जनाउन सक्नेछन् । यो जोडीको विवाहको कार्ड पनि बनाइएको छ, जसलाई म्यागजिन कभर जस्तै डिजाइन गरिएको छ । तर हालसम्म सोनाक्षी सिन्हा वा जहीर इकबालले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छैनन् । दुवैले समाचारमा कुनै प्रतिक्रिया दिएका छैनन्।
जहीर इकबाल एक व्यापारी परिवारका हुन्। उनका बुबा इकबाल रतनसी एक प्रसिद्ध जौहरी र व्यापारी हुन्। सलमान खानको परिवारसँग पनि उनको घनिष्ठ मित्रता छ । सलमान खानले जहीरलाई २०१९ मा फिल्म ‘नोटबुक’ मार्फत लन्च गरेका थिए । सोनाक्षीले पहिलो पटक जहीरसँग फिल्म ‘डबल एक्सल’ मा काम गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुबईमा म गिरफ्तारीको खबर झुटो हो : गायक फतेह खान
साउन ८, २०८१ मंगलबार
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
साउन ६, २०८१ आइतबार
अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो
साउन २, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बुधबार पनि आयो दोलखा भीमसेनको शिलामा पसिना, अनिष्ट हुने मान्यता
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब
साउन १२, २०८१ शनिबार
बागमतीमा जोड घटाउ मिलाएर कांग्रेसका ४ मन्त्रीलाई शपथ गराए पनि एक मन्त्रालय अझै पुगेन
साउन १२, २०८१ शनिबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार