गण्डकीमा विश्वासको मत असफल बनाउन सत्तापक्षको जोड, सभामुखलाई राजीनामा दिन दवाव
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १२:२९:३१
२८ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज लिने विश्वासको मत असफल बनाउन सत्ता पक्ष विभिन्न अनैतिक कसरतमा लागेको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने अवस्था देखिएपछि सत्तापक्ष आज प्रदेशसभा बैठक नै बस्न नदिने पक्षमा देखिएको हाे ।
स्रोतका अनुसार सत्तापक्षको ठूलो दल नेकपा एमाले आजको प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखलाई उपस्थित हुन रोक्ने प्रयासमा लागेको छ । एमालेले सभामुख कृष्णप्रसाद धिताललाई पदबाट राजीनामा दिन दवाव दिएको बताइएको छ । सभामुख धिताल नेकपा माओवादीका भएपनि विश्वासको मत पाउनबाट कांग्रेसलाई रोक्न एमालेले सभामुखले राजीनामा दिनुपर्ने भन्दै दवाव दिएको छ ।
प्रदेशसभा बैठक के गर्ने भन्ने विषयमा अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख धितालले राजीनामा नदिने भए आजको बैठकमा अनुपस्थित गराउने सत्ता पक्षको जोड छ । यसो भएमा प्रदेश सभामा रहेका जेष्ठ सदस्यले सभा चलाउनुपर्नेछ । अहिलेसम्म एमालेका मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सदस्य देखिएका छन् ।
मित्रलाल बस्यालले सभा चलाएपनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिन कुनै अवरोध हुने छैन । तर, एमालेले सभा भाँड्नै चाहेको हो भने मित्रलाललाई पनि सभामा जानबाट रोक्ने देखिएको छ । राप्रपाले विश्वासको मत दिने भनिसकेको छ भने नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फडिन्द्र देवकोटाले पनि मत दिने भएका छन् । दीपक मनाङेले ३० मत पुगे आफूले मत दिएर ३१ पुर्याइदिने बताएका छन् ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार