सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीलाई तीन-तीन मन्त्री दिन मन्त्रालय फुटाउने तयारी
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १२:४८:५९
२८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि मुख्यमन्त्री मुख्यमन्त्री दीर्घ बहादुर सोडारी मन्त्रालय फुटाउने तयारीमा रहेका छन् । एमाले र माओवादी सरकारमा जाने भएपछि उनीहरुलाई ३–३ मन्त्रालय दिने तयारी गरिएको छ ।
सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ । संविधानमा रहेको प्रदेश सभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद रहेका छन् ।
वैशाख ६ गते मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिँदै आएका थिए । तर एकीकृत समाजवादीले सुदुरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेश प्रदेशमा गठबन्धनमा नआउने अडान लिए पछि एमाले र माओवादी सुदुरपश्चिममा सरकारमा सहभागी हान तयार भएका हुन् ।
मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबन्डा पुर्याउने तयारी गरेका छन् ।
अहिले सुदुरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद रहेको छ । जसमा दुई जना नाउपाको रन्जिता पक्षका छन् । अहिले कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री छन् भने टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु
असोज २९, २०८१ मंगलबार
जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार
महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै
कात्तिक २, २०८१ शुक्रबार
विपक्षी दलको बैठकमा प्रचण्डले भने-रविजीलाई पक्रने कुरा भएको छ, हामीले मिलेर प्रतिकार गर्नुपर्छ
कात्तिक २, २०८१ शुक्रबार
‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
सुन तोलाकै एक लाख ६४ हजार !
कात्तिक २, २०८१ शुक्रबार