कैलालीमा दलहनबाली उत्पादनमा वृद्धि
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १४:७:३८
२८ जेठ, कैलाली । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार पाँच सय २० मेट्रिकटन उत्पादन भएको बताए ।
गत वर्षको तुलनामा यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहबाली उत्पादन भएको उनले बताए । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको भन्दा यस वर्ष १६ हेक्टर बढी क्षेत्रफलमा दलहन खेती गरिएको हो । जिल्लामा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ र मसुरो (घुसुवा बाली) पाँच हजार ६० गरी कूल नौ हजार एक सय ७२ हेक्टर क्षेत्रफलमा मसुरो खेती गरिएको जनाइएको छ । गत वर्ष नौ हजार एक सय ६२ हेक्टरमा मसुरो खेती गरिएको थियो ।
कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार कैलालीमा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा पाँच हजार एक सय ४० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ६० हेक्टर क्षेत्रफलमा तीन हजार एक सय ८८ मेट्रिकटन गरी कूल आठ हजार तीन सय २६ मेट्रिकटन उत्पादन भएको छ ।
गत वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा तीन हजार आठ सय ८० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ५० हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ७८ मेट्रिकटन गरी छ हजार सात सय ५८ मेट्रिकटन उत्पादन भएको थियो ।
यस वर्ष बोडी ९२, चना एक सय ३२ र केराउ दुई सय १६ गरी चार सय ४० हेक्टरमा दुई हजार दुई सय २७ मेट्रिकटन दलहन उत्पादन भएको छ । गत वर्षको भन्दा यस वर्ष दलहन बालीका लागि आवश्यक पर्ने हावापानीको अनुकूल समय रहेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार