गर्मी बढेसँगै चितवनमा पर्यटकको संख्यामा कमी
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १४:१३:५६
२८ जेठ, चितवन । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको संख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको संख्या न्यून छ । उनले भने, “काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न ।”
उनले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताए । गर्मी बढेको कारण पर्यटकको संख्यामा कमी आएको उनको अनुमान छ । अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताए । उनले भने, “भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ ।”
जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष ध्रुव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको संख्यामा गिरावट आएको बताए । उनले भने, “हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन् ।” यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उनले जानकारी दिए । उनले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवासहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताए ।
चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आएका पर्यटनकर्मी रमेश दवाडीले वर्षायाममा पर्यटक स्वतः घट्ने बताए । नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताए । उनले भने, “मनसुन सुरु हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।” उनले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार