बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १६:३५:११
२८ जेठ, बाँके । बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ । चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाति अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ ।
फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, रसियन भाईपर गरी ४९ वटा सर्प उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका मध्ये विषालु सर्प अन्तर्गत फेटारा प्रजातिको सर्पको सङ्ख्या १५ रहेको छ भने गोमन सर्पको सङ्ख्या सात रहेको छ ।
त्यसैगरी तीन करेत र तीन कोब्रा प्रजातिका सर्प उद्धार गरिएको छ । चारवटा चित्तल उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । उनका अनुसार यस वर्ष एउटा मात्र पाटे बाघको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय बाँकेको अनुसार आव २०७६/७७ मा जम्मा १७ वटा वन्यजन्तु उद्धार गरिएको थियो । आव २०७७/७८ मा ३४ वटा उद्धार गरिएको थियो । त्यसैगरी आव २०७८/७९ मा ३१ वटा वन्यजन्तुलाई उद्धार गरिएको र आव २०७९/८० मा ४२ वटा वन्यजन्तु उद्धार गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सहायक वन अधिकृत शाहीका अनुसार वन्यजन्तु उद्धारको सङ्ख्या बढ्नुको कारण वन्यजन्तु हिँडडुल गर्ने जैविकमार्ग अतिक्रमणमा परेर मानव बस्ती विकास र भौतिक संरचना निर्माण गरिनु हो । यसका साथै वन्यजन्तु संरक्षणयमा चेतनाको विकास भएको हुनाले पनि वन्यजन्तु जीवितै उद्धार गरिएको सहायक वन अधिकृत शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार