असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १६:५७:४६
२८ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि वि.सं. २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा वि.सं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताए । उनले भने, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती तथा पर्यटन महोत्सव
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
'नेपाल हेल्थ कन्क्लेभ २०२४' आजदेखि काठमाडौंमा सुरु हुँदै
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार