१० महिनामा १२ खर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घट्यो
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १७:४१:१२
२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको प्रतिवेदनमा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।
गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । गत विगत दुई वर्षमा उच्च दरमा विदेश गएका र चालु आवमा समेत संख्या केही घटेपनि नयाँ श्रम स्वकृति र नवीकरण समेत गर्दा ५ लाख भन्दा धेरै छ । वैदेशिक रोजागरीमा जाने नेपाली उच्च हुँदा पछिल्लो २ वर्षयता रेमिट्यान्सको वृद्धि उच्च छ ।
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ ।
यस्तै राष्ट्र बैंकले गत वैशाखमा महँगी करिब साढे ४ प्रतिशत बढेको देखाएको छ । गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार