जनता र देशहितका लागि दलीय स्वार्थबाट माथि उठेर बहस गरौँः उपसभामुख राना
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १९:४३:१५
२८ जेठ, काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद्मा हुने छलफललाई जनताले नजिकबाट नियाली रहेकाले व्यक्ति, परिवार र दलीय स्वार्थबाट माथि उठेर बहस गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । सङ्घीय संसद् मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित संसदीय प्रभावकारिता सम्बन्धमा पूर्वसांसद मञ्चसँगको अन्तरक्रियामा उनले संविधानको मर्म र भावनाअनुरुप समानता, समावेशी र विविधतालाई पनि सबैले आत्मसात गर्नुपर्ने खाँचो औंल्याए ।
उपसभामुख रानाले भनिन्, “पूर्वसांसदका अनुभव, विज्ञता र ज्ञानको विश्वविद्यालय भएकाले उहाँहरूको सुझावका आधारमा संसदलाई जनताको बहसको थलो बनाउनुपर्छ ।” पूर्वसांसद शिवजी यादवले सांसद भनेको व्यक्ति मात्र नभई संस्था भएकाले उसको पहिचान र मर्यादाका लागि अध्ययन र अनुसन्धान गर्ने सचिवालयको खाँचो रहन्छ उनले भनिन् ।
पूर्वसांसद विष्णु बहादुर राउतले सबै विधायकको ऊर्जालाई जनता र राष्ट्रको हितमा लगाउन निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रका समसामयिक विषय निरन्तर उठाउनुपर्नेमा जोड दिए । पूर्वसांसद धना खतिवडाले सांसदलाई उद्योगी तथा व्यापारी जस्तो धनी बन्नेतर्फ नभई जनता र देशप्रतिको दायित्व निर्वाहका लागि कोसिस गर्न सुझाव दिइन् ।
विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले स्वार्थ बाझिने, भ्रष्टाचार बढाउने र मुलुकलाई चुनौती खडा गर्ने जस्ता काममा सांसद लाग्न नहुने बताए । उनले भने, “संसदले नै सरकार चलाउने र नियन्त्रण गर्ने हो, लोकतान्त्रिक शासन प्रणालीमा सरकारले संसदलाई खुम्च्याउन सक्दैन । त्यसका लागि संसद् र सांसद प्रभावकारी बन्नुपर्छ ।”
कार्यक्रममा सांसदहरु प्रेम सुवाल, सीता मिजार, शिव नेपाली, नारायणी शर्मा, रोशन कार्की, पूर्वसांसद अजय द्ववेदीलगायतले संसद् सरकारको नियन्त्रणमा रहेको तथा सदनमा उठाइएको विषय सम्बोधन नभएको भनी असन्तुष्टि प्रकट गरे । उनीहरुले संसद् र सांसदको मुख्य जिम्मेवारी बजेट स्वीकृति, संसदीय खबरदारी, नीति र विधि निर्माण तथा अनुगमन नियन्त्रण भएपनि अझै पनि मूल विषयमै अलमलमा परेको धारणा राखे।
सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले जनताका सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्लाई प्रभावकारी र जनउत्तरदायी तुल्याउन संसदमा अध्ययनशिलता र धैर्यताको खाँचो औँल्याए । उनले भने, “जनप्रतिनिधिका रुपमा संसद्मा आएका विधायक मुख्यरुपमा कानुन निर्माणको भूमिकामा रहनुपर्ने भएकाले कसैको पक्ष, विपक्ष नभई निष्पक्ष भएर काम गर्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
दुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
चिसोले सर्लाहीको जनजीवन कष्टकर
माघ ५, २०८१ शनिबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार
बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै
माघ ५, २०८१ शनिबार
बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्ग कहिले बन्ला ?
माघ ५, २०८१ शनिबार