मोरङका खोलामा भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार २२:५१:१९
२८ जेठ, मोरङ । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैर देशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारी स्थित नदीमा चार वर्षअघि देखा परेको थियो ।
नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरू जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरे ।
यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भए अनुसार लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।
पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ । हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए ।
अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बूले भने, “यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ”, उनले भने, “जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जस कारण हाम्रा स्थानीय माछाहरू नासिने सम्भावना हुन्छ ।
यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।” उनका अनुसार यो पहिला लजालु र स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । “सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ, सङ्ख्या निरन्तर बढिरहेको छ, अब अरु नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न”, लिम्बू भन्छन्,“व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ ।
यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।” यो मिचाहा स्वभाव भएको गैर देशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरूले सुझाव दिइरहेका छन् । अनुसन्धानकर्ताहरूले लेखमा भनेका छन्,“यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ ।
नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै सङ्कटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।” तथ्याङ्कअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब दुई सय ६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैर देशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’
असोज २७, २०८१ आइतबार
विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान
असोज २७, २०८१ आइतबार
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई
असोज २७, २०८१ आइतबार
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणका लागि प्रस्थान
असोज २७, २०८१ आइतबार
तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
असोज २७, २०८१ आइतबार