टी-२० विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी

नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार ७:४४:१५

२९ जेठ, अमेरिका । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाएको थियो ।
बंगलादेशका लागि तोविद हृदोयले सर्वाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २-२ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।
यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समूह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्यान्डसँग खेल्ने छ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० लाख राशिको बागमती गोल्डकप आगामी शनिबारदेखि
माघ ३०, २०८१ बुधबार
आहा रारा पोखरा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार