आत्मसम्मान गुमाएर बस्न सकिन्न, सांसदको काम माग्ने हो कि दिने हो क्लियर हुनुपर्यो: बद्री पाण्डे
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १३:८:३५
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले बजेट पहुँचको आधारमा विनियोजन भएको टिप्पणी गर्दै सांसदको काम माग्ने हो कि दिने हो यसमा प्रस्ट हुनुपर्ने समय आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सांसदको भूमिकामा प्रश्न उठाएका हुन् ।
अर्थमन्त्रीको प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटमा तादम्यता नरहेको उल्लेख गर्दै उनले भने, मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र हेर्ने प्रवृति दोहोरिएको छ । यसले समाजवादउन्मुख बजेट गर्ने कुरामा उपहास भएको छ । एकै मन्त्रीले आफ्नो जिल्लामा २०३ वटा योजना लिएर लगेको आफूले पाएको भन्दै उनले पहुँचका आधारमा योजना र बजेट तर्जुमा गर्दा अन्य सांसदहरू निरीह हुन पुगेको बताए ।
उनले भने, ‘चुनावमा सबै दिने भनेर आउँछौं तर सांसद भएपछि माग्ने जस्तो हुन्छौं । सांसदले के काम गर्ने हो त्यसमा क्लियर गर्नुपर्छ । हामी विधायक हौं र कानुन बनाएर मात्रै रहन्छौं भन्ने हो भने यही संसदले संकल्प गर्नुपर्छ । होइन भने सांसदले लाचार भएर मन्त्री र कर्मचारीको ढोकामा आत्मसम्मान गिराउनुपर्ने प्रवृतिको अन्त्य हुनुपर्छ ।’
यसअघि शुन्य समयमा उनले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तीमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पाण्डेले अछामको बयलपाटा अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै आवश्यक बजेटको व्यवस्था मिलाउन माग गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई उक्त माग गरिसकिएको, प्रधाननमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमानले पनि त्यसका लागि सहयोग गर्ने विश्वास राखेको सांसद पाण्डेको भनाइ थियो ।
सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरूमा एक वर्षमा करिब १ लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाई गर्न नहुने बताए । चालु आर्थिक वर्षमा अस्पतालमा भएको खर्चको व्यवस्था सरकारले गर्नुपर्ने पाण्डेको भनाइ थियो । आगामी आर्थिक वर्षका लागि उक्त अस्पताललाई बजेट व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग सांसद पाण्डेले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार
स्ववियु निर्वाचन चैत ५ गते हुने
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार