कांग्रेस पार्टी विधि र पद्धतिमा चलेनः नेता केसी

नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १३:५६:५२

२९ जेठ, चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले मंगलबार आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले भने, पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ । नेता केसीले स्व आचार्यको योगदानको कदर गर्न उनले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री शाहीसँग राष्ट्रसंघका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
माघ २४, २०८१ बिहिबार
वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
माघ २४, २०८१ बिहिबार
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार