चोरी गरेको अभियोगमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १४:०:५५
२९ जेठ, कास्की । एक करोड भन्दा बढि मुल्यका सामानहरू चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ घर भई सोही महानगरपालिका–१३ मियापाटन बस्ने २१ वर्षीय नविन नेपाली र सोही महानगरपालिका–४ गैह्रापाटन बस्ने गोरखा घर भएका २९ वर्षीय सुवास थापा मगर रहेका छन् ।
पोखरा महानगरपालिका–१७ घारिपाटन बस्ने लक्ष्मी कान्त शर्मा र शर्माकै घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको कोठाबाट विभिन्न सुनका गरगहना ४२ तोला, मोवाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद ३ लाख ८० हजार रूपैयाँ जेठ ११ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जना अभियुक्त पेशेवर चोर रहेको र यसअघि समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको खुल्न आएको छ ।
प्रहरीले उनीहरूको साथबाट २४ तोला ८४ लाल बराबरको सुनका विभिन्न गरगहना, मोबाइल २२ थान, क्यामरा ९ थान, ल्यापटप १५ थान, टिभी २ थान, भाँडावर्तन ४६ थान, कफी मेसिन २ थान, नगद ११ हजार ५ सय ६८ रूपैयाँ, घडी ११ थान, ड्रोन क्यामरा २ थान, रेडियो सेट वाकीटकी २ थान, चार्जर २ थान, चोरीमा प्रयोग भएको फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान र फलामको कुटो १ थान बरामद गरेको छ ।
उनीहरूलाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार