मंगलबारको शेयरबजार, सबै समूहगत सूचकमा हरियाली
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १५:४०:६
२९ जेठ, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से उच्च अंकले बढेसँग सबै परिसूचक हरियाली भएका छन् । गत सोमबारको तुलनामा नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
माघ १७, २०८१ बिहिबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
माघ १७, २०८१ बिहिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
माघ १७, २०८१ बिहिबार