छोरी सोनाक्षीको बिहेबारे पिता शत्रुघनले के भने ?
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १६:०:१
२९ जेठ, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन् । अभिनेत्री जहीरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ । यद्यपी यी खबरहरु नायिकाले पुष्टी गरेकी छैनन् ।
यसैबीच उनका पिता, अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाको बयान बाहिर आएको छ । छोरीको बिहेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । शत्रुघन सिन्हाले हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनीहरुलाई पनि मिडियाबाट सुनेको जति थाहा छ । अभिनेताले भने, ‘मैले मिडियामा जति पढेको छु, सोनाक्षीले यसबारे कहिले बताउनुहुन्छ भन्ने मलाई पनि थाहा छ । हामी सधैं उनीहरूको खुशीको कामना गर्दछौं ।
योसँगै उनले भावुक भएर छोरीको निर्णयमा आफूलाई पूर्ण विश्वास रहेको बताए । शत्रुघ्नले भने, ‘हामीलाई सोनाक्षीमा पूर्ण विश्वास छ । उसले कहिल्यै कुनै अवैध वा गलत निर्णय लिने छैन । उनी वयस्क छिन्, उनीसँग आफ्नै निर्णयहरू लिने अधिकार छ ।ु
सोनाक्षी सिन्हा र जहीर इकबाल लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार दुबै अब आफ्नो सम्बन्धलाई अर्को तहमा लैजान तयार छन् । यस्तो अवस्थामा दुवैले २३ जुनमा मुम्बईमा विवाह गर्ने विषय मिडियामा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार