पैठारी शुल्क तिर्न निगम सहमत भएपछि नेपाल आउन थाले सीमामा रोकिएका ग्यास बुलेट
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १८:१:११
२९ जेठ, काठमाडौं । नेपाल आयल निगमले नेपाल तर्फको पैठारी शुल्क जिम्मा लिने सहमति गरेपछि तीन दिनदेखि नेपाल–भारतको सीमामा रोकिएका ग्यास भरिएका बुलेट नेपाल भित्रन थालेका छन् । ग्यास बोकेर आएका भारतीय नम्बर प्लेटका बुलेट नेपाल आउँदा लाग्ने अस्थायी पैठारी शुल्कमा विवाद उठेपछि रोकिएका थिए । आयल निगमले व्यहोर्ने सहमति जनाएपछि भन्सार नाकाबाट बुलेट जाँचपास हुन थालेको बताइएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल भित्रिने भारतीय नम्बर प्लेटको ग्यास बोकेको बुलेटमा अस्थायी पैठारी शुल्क निर्धारण गरेपछि विभिन्न सीमामा दुई सय पचासभन्दा धेरै बुलेट तीन दिन यता थन्किएका थिए । सरकारले आर्थिक अध्यादेशमार्फत अस्थायी पैठारी हुने सवारी तथा ढुवानी साधनमा एकमुष्ट शुल्क लगाउने व्यवस्था गरेको छ ।
जसअनुसार एलपी ग्यास ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्यस्थलमा अनलोड गर्नका लागि वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि १ हजार ५ सय रुपैयाँ, एलपी ग्यास बुलेटबाहेक अन्य बस्तु ढुवानी गरी ल्याइएको ट्रक, ट्रेलर, ट्रयाक्टर र अन्य ढुवानीको साधनहरुको हकमा ७२ घण्टासम्मको अवधिको लागि १ हजार ५ सय तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार