गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : प्रभु साह
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १८:३७:५९
२९ जेठ, काठमाडौं । पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । देशका युवालाई यदि नेपालमै रोजगार दिन सकिँदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्।
मंगलवार प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक बर्ष २०८१/०८२ को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएका लाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् ।
‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवर्द्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवर्द्धन गर्ने तर नेपालमा रोजगार प्रवर्द्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाइहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउँछु । कार्यक्रममा त देखिएन ।
लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदि तपाईंले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन । संविधानले त्यही भन्छ । यदि रोजगार दिन सक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ति बेरोजगारहरु पनि बाँच्न पाउनुपर्छ । यसमा सरकारको गम्भीरता देखिएन’
यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठूलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए ।
‘ठूलाबडाको घरमा काम गर्नेहरू (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्री, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युनियनको अधिकार पाउनुपर्ने’ साहले भने, ‘तर ठूलाबडाको घरमा काम गर्नेहरू
विश्वासको आधारमा काम गर्नुपर्ने ? जीवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जीवन बाँच्नुपर्ने ? त्यसमा हामीले समानता ल्याउनु हुदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौं की तिनीहरूको हकअधिकार सुनिश्चित हुने उनीहरू पनि सम्मानका साथ काम गर्न पाउने किसिमको हुनुपर्ने तर त्यो देखिएन । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानून ल्याउनुस् । उनीहरुको भविष्यको ग्यारेन्टी गर्नुस् ।’
यस्तै शिक्षामा असमानता र साम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरू राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गए गुज्रेको भइसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए ।
साम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरू राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ । भ्रष्टाचारको अड्डा बनेका छन्’ साहले प्रश्न गरे, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिँदैन ? कम्तीमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरूको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौँ विहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरू त्यो भन्दा पनि गए गुज्रेको भयो । मान्छेहरूले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलायन बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउनुपर्थ्यो ।’
यस्तै साहले किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुने गरी बजेट आउनुपर्नेमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
जलवायु न्यायबारे विश्वका नेताको ध्यानाकर्षण गराएको छुु : प्रधानमन्त्री ओली
कात्तिक १, २०८१ बिहिबार
आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको विवरण, मतदाता सूचीबाट हटाइने
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार