अमेरिका पठाउने भन्दै चार करोड ठगी अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार २१:२७:५८
२९ जेठ, काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।
पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पु¥याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोे छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति रु १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका–११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौँ ल्याएको हो । ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा रु ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा रु आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करिब आठदेखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाए बापत प्रतिव्यक्ति रु आठदेखि दश लाखसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये रु चार करोड ३२ लाख २६ हजार एक सय एक दशमलव ७३ पैसा झिकी सकेको र हाल खातामा एक लाख ४२ हजार पाँच दशमलव ८२ पैसा मौज्दात रहेको प्रमुख भट्टराईले जानकारी दिए । पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट आठ वटा बैंकिङ कसुर र एउटा ठगी मुद्दा ९जम्मा बिगो रु ७८ लाख ८८ हजार बिगो बराबर० चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ
असोज १८, २०८१ शुक्रबार
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
असोज १६, २०८१ बुधबार
बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
असोज १५, २०८१ मंगलबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना, ४ जना घाइते
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, सडकमा चहलपहल बाक्लो
असोज २७, २०८१ आइतबार
बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो
असोज २७, २०८१ आइतबार
जलेश्वरमा दुर्गा मूर्ति विसर्जन
असोज २७, २०८१ आइतबार
नुहाउने क्रममा नदीले बगाएर एकजनाको मृत्यु
असोज २७, २०८१ आइतबार
लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
असोज २७, २०८१ आइतबार