राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार ८:३३:२३
३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।
मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेश विक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो ।
राष्ट्रपति पौडेलले आज स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि बिहीबार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिन तर्फ प्रस्थान गर्नेछन् । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले असार ३ गते आफ्ना जर्मन समकक्षी सँग औपचारिक वार्ता गर्नेछन् ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
असार २ गते गैरआवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् । त्यसैगरी राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभ्रष्टाचार कानुन अनुसार नियन्त्रण हुन्छ, सहकारी ठगविरुद्धको कारबाही रोकिँदैनः प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार
सरकार ढल्ने दिवा सपना नदेख्नु : ओली
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
कात्तिक ७, २०८१ बुधबार
नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग
कात्तिक ७, २०८१ बुधबार
चक्रवात दानाको सामनाको लागि पूर्व तयारीमा भारत
कात्तिक ७, २०८१ बुधबार
वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
कात्तिक ७, २०८१ बुधबार
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
कात्तिक ७, २०८१ बुधबार
बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ
कात्तिक ७, २०८१ बुधबार