टी–२० विश्वकप : नामिबिया ९ विकेटले पराजित, लगातारको जितसँगै अस्ट्रेलिया ‘सुपर–८’ मा
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार ९:५:५३
३० जेठ, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको थियो। ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५.४ ओभरमा मात्र १ विकेट गुमाएर ७४ रन बनाएको हो।
अस्ट्रेलियाका लागि ओपनर ट्रेभिस हेडले नटआउट सर्वाधिक ३४ रन बनाए। त्यसैगरी माइकल मार्सले १८, डेभिड वार्नरले २० रन बनाए । नामिबियाका लागि डेभिड वाइसले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले कप्तान गेहार्ड इरास्मसको ३६ रनको मदतमा १७ ओभरमा अलआउट हुँदै ७२ रन जोडेको थियो ।
नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। त्यस्तै जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।
तीन खेलमा लगातार विजयी हुँदै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ । यसअघि बुधबार नै समूह ‘डी’ बा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगिसकेको छ ।
अस्ट्रेलिया तीन खेलबाट ६ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ।
समान खेल खेलेको स्कटल्याण्ड पाँच अंकसहित दोस्रो स्थानमा छ। नामिबिया दुई अंकसहित तेस्रो स्थामा छ। यो समूहमा दुई खेल खेलेको इंग्ल्याण्डले एक अंक जोडेको छ भने तीन खेल खेलेको ओमान अंकबिहीन छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार