जसपा नेपालको एकताको महाधिवेशन, केन्द्रीय प्रतिनिधि चयनका लागि ४ बजेदेखि मतदान
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १०:३४:३७
३० जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको महाधिवेशनमा आज उम्मेदवारी दर्ता गरिँदैछ । नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको हो । तीन दिनदेखि जारी अधिवेशनमा अहिले मनोनयन पत्रमाथि दाबी विरोधको समय छ ।
महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, सह अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् । उम्मेदवारी परेपछि केही पदमा सहमतिको प्रयास गरिने र नभए निर्वाचन गराउने जसपाको तयारी छ ।
सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपरान्हदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ । यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ ।
यसैगरी मनोनयन पत्र फिर्ता लिनका लागि साढे ११ बजेदेखि अढाइ (२ः३०) बजेसम्मको कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने ३ बजे गर्ने कार्यतालिका रहेको छ । यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार