उपत्यकामा २ दिनपछि मेलम्चीको पानी नआउने, ४ अर्ब लाग्नेमा ५० करोड मात्र छुट्याइयो बजेट
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १०:५९:१०
३० जेठ, काठमाडौं । मन्त्रिपरिषदको निर्णयअनुसार मेलम्ची खानेपानी विकास समितिले असारदेखि मेलम्चीको पानी काठमाडौं नपठाउने निर्णय गरेको छ । बर्खा सुरु भएकाले सुरुङलाई गेग्य्रान छिर्नबाट जोगाउन पानी बन्द गर्न लागिएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँध क्षेत्र सार्ने निर्णय गरेसँगै समितिले हेडवर्कस सार्ने प्रक्रिया अगाडि बढाउने भएको हो ।
अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पानी आउने गरेको छ । तर पानी कति समयसम्म बन्द रहने यकिन नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए । मेलम्ची खानेपानी विकास समितिका अनुसार जेठ मसान्तबाट मेलम्चीको पानी उपत्यकामा नपठाउने निर्णय भएको छ ।
समितिले चौथो वर्ष पनि मेलम्चीको पानी उपत्यका पठाउन रोक लगाउन लागेको हो । ३२ जेठबाट उपत्यकामा पानी नपठाउने निर्णय भएको छ । तर, ठूलो पानी परेन र सुरुङ हुँदै सुन्दरीजलसम्म आउने पानीमा धमिलोपन बढेन भने दुई–तीन दिन पर धकेलिन पनि सक्छ, समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले भने । गत १ माघदेखि मात्र उपत्यकावासीको धारामा पठाउन थालिएको थियो ।
०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।
बाढी आएर बाटो बन्द हुने खतरा रहेको ठाउँनजिकै एक्स्काभेटर तयारी अवस्थामा राखिएको लामिछानेले जानकारी दिए । एक्स्काभेटर बर्खाभर त्यही राखिने उनको भनाइ छ । मेलम्चीबाट सुरुमा १७ करोड लिटर पानी आइरहेको थियो । काठमाडौंमा पानीको माग धेरै भएपछि पछि थप गरेर २० करोड लिटर पुर्याइएको हो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हेडवर्क्स (बाँध क्षेत्र) सार्ने निर्णय गरेसँगै समितिले हेडवर्क्स सार्ने प्रक्रिया अगाडि बढाउने भएको हो । यसका लागि असारभित्र परामर्शदाता नियुक्त गर्न सूचना निकाल्नेछ । ‘हेडवर्क्स सार्ने ठाउँको विस्तृत अध्ययनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता खोजि भइरहेको छ ।
नयाँ हेडवर्क्स निर्माणका लागि चार अर्ब लाग्ने अनुमान छ भने सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि जम्मा ५० करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष ०८१÷८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले मेलम्ची खानेपानीका लागि ५० करोड छुट्याएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार