बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १२:२०:५९
३० जेठ, काठमाडौं । धेरै चर्चामा आएको काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा विशाल ग्रुप जोडिएपछि गृह मन्त्रालय हच्किएको छ । गृह मन्त्रालय हच्किएपछि अनुसन्धानमा नेपाल प्रहरी पनि चुपचाप बसेको छ । राज्यलाई करोडौं रुपैयाँ नोक्सानी गराएको र सरकारी स्वामित्वमा रहेको जग्गा हिनामिना गरेको भन्दै धेरै हल्ला गरिएको बाल मन्दिरको जग्गा अनुसन्धानमा प्रहरी चुपचाप बसेको हो ।
मारवाडीहरु मध्य सर्वाधिक चलखेलवाला विशाल ग्रुप मातहतको वृहस्पति विद्या सदनलाई लिज दिँदा संस्थालाई हानी–नोक्सानी हुने गरी सम्झौता गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पनि हाजिर जमानीमा छुटेसँगै अनुसन्धानमा नेपाल प्रहरीले नरम नीति लिएको पुष्टि भएको छ । श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत शुक्रबार पक्राउ परेको थियो । पक्राउ लगत्तै सरकारी वकिलको रोहबरमा बयान लिएर शुक्रबार नै हाजिर जमानीमा छाडिएको छ । तर यसलाई प्रहरीले गोप्य राख्न चाहेको थियो । सीआईबीले संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनालाई अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति पाएको छ ।
अन्य आरोपीहरूको पनि बयान गराउनुपर्ने र हालसम्म अरु कोही पनि पक्राउ नपरेको कारण एक जनालाई मात्र थुनेर राख्दा अनुसन्धानको लागि हदम्याद लागू हुने भएकाले हाजिर जमानीमा छाडिएको प्रहरी स्रोतको दावी छ । श्रेष्ठले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको प्रहरीको भनाइ छ । उनलाई शुक्रबार नै बयानको काम सकेर हाजिर जमानीमा छाडेको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । बाल मन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ प्रहरीले वैशाख २७ मा पक्राउ पुर्जी लिएको थियो ।
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध लिए पनि श्रेष्ठ बाहेक कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । पक्राउ गर्नु अघि नै विशाल ग्रुपका सदस्य एवं अन्यलाई भगाउन प्रहरी कै केही अधिकृतहरू सहयोगी बनेको स्रोतको दावी छ । पक्राउ पुर्जी जारी भएका धेरै जसो नेपाल नभएको प्रहरीको दावी छ ।
यसअघि नपाल बाल संगठनले वृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि यसअघि भएको लिज सम्झौता खारेज गरेको थियो । बाल मन्दिरको २९ रोपनी जग्गा वृहस्पति विद्या सदनलाई लिजमा दिने सम्झौता खारेज गरेको थियो । बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा वृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिज (सस्तो भाडा दर)मा दिने गरी भएको सम्झौता खारेज गरेपछि त्यहाँ बनेका संरचनाहरूको बारेमा के हुने हो भन्ने बारेमा कही कतै उल्लेख छैन । संगठनकी अध्यक्ष विद्या न्यौपानेले लिज सम्झौता सकिन १७ वर्ष अवधि बाँकी छँदै थप ४३ वर्ष वृहस्पतिलाई दिने गरी पहिले भएको सम्झौता खारेज गरिएको बताएकी छिन् । खारेज मिति कहिलेदेखि लागू हुने भन्ने चाहि केही खुलाइएको छैन ।
वृहस्पतिले संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँमा भाडा बुझाउने गरी बिना प्रतिस्पर्धा हत्याएको थियो । वृहस्पतिले जग्गा लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुने गरी भारतीय शिक्षा बोर्ड अन्तर्गत सञ्चालित राय स्कुललाई भित्र्याएर पाँच रोपनी सव लिजमा लगाएको थियो । त्यसबापत वार्षिक ६० लाख राय स्कुलबाट लिने गरी वृहस्पतिले सम्झौता गरेको थियो । लिखितमा भने त्यो रकम १ लाखमा देखाइएको थियो ।
वि.सं. २०२१ साल मंसिरमा तत्कालीन सरकारले सीता भवन नामले चिनिएको उक्त परिसरको १ सय १९ रोपनी जग्गा राणा प्रधानमन्त्री भीमशमशेरका खलकलाई मुआब्जा दिई अधिग्रहण गरेको थियो । यसरी अधिग्रहण गरिएको जग्गा अनाथ र असहाय बालबालिकाको रेखदेख, शिक्षा र संरक्षणका लागि बाल संगठन खोली प्रयोग गरिएको थियो ।
२०७४ जेठ ७ गतेदेखि वृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई र ‘ग्रीनफिल्ड इंक प्रालि प्रवेश भएको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रीनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू रहेको पाइन्छ । यसै गरी २०७८ सम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, वसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यी मध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् ।
वृहस्पति विद्या सदनको शेयर लागत विश्लेषण गर्दा ५८ प्रतिशत शेयर विशाल ग्रुपकै हातमा रहेको देखिन्छ । यसमा श्रद्धा संघईको नाममा रहेको १५ प्रतिशत शेयरसमेत जोड्ने हो भने विशाल ग्रुपको कब्जामा ७३ प्रतिशत शेयर रहेको पाइन्छ । वृहस्पतिमा विशाल ग्रुपका अनुजको नाममा ३ करोड ६१ लाख २३ हजार ५ सयको शेयर रकम रहेको छ । यसैगरी विशाल ग्रुपकै विशाल अग्रवालको नाममा २ करोड ३६ लाख ७५ हजार, निकुञ्ज अग्रवालको नाममा २ करोड ३६ लाख ७५ हजार र अर्पित अग्रवालको नाममा १ करोड १२ लाख १० हजार रुपैयाँ शेयर रकम रहेको छ । विशाल ग्रुपकै मातहत रहेको ग्रीनफिल्ड इंक प्रालिको नाममा ५० लाख १७ हजार सेयर रकम रहेको पाइएको छ ।
यस कम्पनीमा धेरैजसो विशाल ग्रुपकै सदस्यहरू संलग्न छन् । जसमा अर्पित, विशाल, अनुज, निकुञ्ज, कविता संघई, श्रद्धा संघई र ग्लोबल बायो इनर्जी इन्भेस्टमेन्टको संयुक्त लगानी छ ।
पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूः
१) नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह
२) नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ
३) नेपाल बाल संगठनका तत्कालीन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।
४) नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य ।
५) नेपाल बाल संगठनका तत्कालीन सदस्य एवं श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
६) नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव श्यामकुमार आले ।
७) नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव सुवासकुमार पोखरेल ।
८) नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
९) नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ।
१०) नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने ।
११) नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
१२) नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ ।
१३) वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (वृहस्पति विद्या सदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी ।
१४) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का संचालक प्रविणराज जोशी ।
१५) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का तत्कालीन संचालक मुरारीनिधि तिवारी ।
१६) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
१७) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का संचालक श्रद्धा संघाई ।
१८) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का संचालक अभिनव सिंघानिया ।
१९) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का संचालक सिद्धार्थ केडिया ।
२०) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्या सदन) का संचालक कीर्तिप्रसाद पाण्डे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार