बाणिज्य बैंकहरुको बैशाखसम्मको कमाईः चैतको भन्दा बढ्यो, गत वर्षको भन्दा घट्यो
४८ अर्ब ६० करोड ६७ लाख मुनाफामध्ये सबैभन्दा धेरै कमाउने बैंकमा नबिल र ग्लोबल आईएमई
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार ११:२७:५१
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वाणिज्य बैंकले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले यो नाफा कमाएका हुन् । सर्वाधिक मुनाफा कमाउनेमा नबिल बैंक परेको छ । नबिलले पाँच अर्ब ४६ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै बढी मुनाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । यसले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले चैत मसान्तसम्ममा ४४ अर्ब ६७ करोड रूपैयाँ खुद मुनाफा गरेका थिए । १ महिनामा उनीहरूले साढे ८ अर्ब मुनाफा गरेका हुन् । गत आवको १० महिनामा उनीहरुले ६२ अर्ब ६० करोड मुनाफा गरेका थिए । गत आवको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफा ९ अर्बले घटेको देखिन्छ ।
सरकारी स्वामित्वको कृषि विकास बैंकले दुई अर्ब ६९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५६ करोड, प्रभु बैंकले दुई अर्ब ५० करोड र एनएमबी बैंकले दुई अर्ब ४८ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
हिमालयन बैंकले दुई अर्ब २२ करोड, एनआईसी एसिया बैंकले दुई अर्ब १६ करोड, सिद्धार्थ बैंकले एक अर्ब ९७ करोड, लक्ष्मी सनराइज बैंकले एक अर्ब ९५ करोड, सानिमा बैंकले एक अर्ब ७४ करोड, सिटिजन्स इन्टरनेसनल बैंक नेपालले एक अर्ब ५० करोड, कुमारी बैंकले एक अर्ब ४२ करोड, नेपाल एसबीआई बैंकले एक अर्ब ४२ करोड, माछापुच्छ्रे बैंकले एक अर्ब १० करोड र नेपाल बैंकले सबैभन्दा कम ५९ करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवधिमा तीन अर्ब ७७ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले तीन अर्ब २२ करोड ५७ लाख र एभरेष्ट बैंकले दुई अर्ब ९८ करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
चालु आवको बैंशाखसम्ममा वाणिज्य बैंकहरुको खुद मुनाफा गत चैतको तुलनामा १९.४८ प्रतिशतले धेरै हो । गत चैतमा वाणिज्य बैंकहरुको खुद नाफा ४० खर्ब ६८ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको मुनाफा चैतको तुलनामा बैंशाखमा बढेको भएपनि गत आवको सोही अवधिसंग तुलना गर्दा घटेको छ । गत आवको बैंशाखमा वाणिज्य बैंकहरुको खुद मुनाफा ५७ अर्ब १६ करोड रुपैयाँ थियो ।
त्यसैगरी चालु आवको बैंशाखसम्ममा विकास बैंकहरुको खुद नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यो नाफा गत चैतको तुलनामा १४.१ प्रतिशतले धेरै हो । गत चैतमा विकास बैंकहरुको खुद नाफा ३ अर्ब ६५ करोड थियो । वकास बैंकहरुको नाफा पनि चैतको तुलनामा बैंशाखमा बढेको भएपनि गत आवको सोही अवधिलाई हेर्दा घटेको छ । गत आवको बैंशाखमा विकास बैंकहरुले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
चालु आवको बैंशाखसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ४१ करोड ५० लाख रुपैयाँ छ । यो नाफा गत चैतको तुलनामा २४.९९ प्रतिशतल धेरै हो गत चैतमा फाइनान्स कम्पनीहरुको खुद नाफा ३३ करोड २० लाख रुपैयाँ थियो । फाइनान्सहरुको बैंशाखसम्मको खुद नाफा गत आवको सोही अवधिको तुलनामा भने घटेको हो । गत आवको बैंशाखमा फाइनान्स कम्पनीहरुको खुद नाफा एक अर्ब १४ करोड रुपैयाँ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार