अमेरिकामा ऋण काढेर त्यसलाई कसरी सदुपयोग गर्ने ?
सानुबाबु सिलवाल
जेठ ३०, २०८१ बुधबार १५:५२:१
अमेरिकाको दैनिकी भने जस्तो, सोचे जस्तो, इम्याजिन गरे जस्तो छैन अर्थात् इजी छैन । कमाउ, बिल, तिरन-तारन गर, भुक्तानी गर, कर तिर, आर्थिक जिम्मेवारी पुरा गर, सेवा सुविधा लेउ, यि सेवा लिए बापत तिर्नु पर्ने भुक्तानी समयमै तिर, मासिक रुपमा तिर, अवसरको सदुपयोग गर, आर्थिक समुन्नति प्राप्त गर र अमेरिकी कानुन, अमेरिकी प्रणालीको सम्मान गर । यी नै कुरा भइरहन्छ ।
अमेरिका संसारको सबैभन्दा ठुलो अर्थतन्त्र भएको भौतिक तथा आर्थिक विकासले उच्च स्थानमा रहेको विकसित मुलुक हो । अमेरिका आप्रवासीहरूको देश हो । कसैका पहिलो पुस्ता त कसैका धेरै पुस्ता अमेरिकामा छन् ।
अमेरिकामा नेपालीहरूको बाहुल्यता पनि छ । उत्कृष्ट वैज्ञानिक, शिक्षक, विद्यार्थी, वकिल, पत्रकार, व्यापारी, कलाकारको जमातदेखि साधारण लेखपढ गर्न जान्ने, दुर्गम गाउँका सामान्य किसानहरू, लेख पढ गर्ने नजान्ने सम्मका पनि छन् । नेपालीहरू सबैका आ-आफ्नै सुख खुशी र पीडाका अनुभवहरू छन् । राम्रो आय भएका पनि बेखुशी देखिन्छन्, सामान्य आय भएका पनि निकै खुशी पनि देखिन्छन् । अमेरिकन सपना बोकेर आएकाहरू सपना पुरा गर्न दौडिरहेका हुन्छन् ।
तर अमेरिकामा ऋण काढेर त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा जान्न महत्वपूर्ण छ । यदि ऋण काढेर त्यसलाई सदुपयोग गर्न जान्नु भएन भने अमेरिकामा जीवनभर फाइनान्सियल स्ट्रेसमा बाँच्नु पर्ने हुन्छ। ऋणलाई आय आर्जनको माध्यममा ढाल्न सकिएन भने त्यो ऋणले रित्तो बनाउँछ । लाइफभर त्यो कुराको हेक्का राख्दैनन् र त्यस बारेमा त्यति सिरियस छैनन् नेपालीहरू अमेरिकामा।
गरिबले घर किन्छ, ऋण थप्छ। गरिबलाई धनी बनाउँदैन ऋणले। गरिब गरिब बन्दै जाने हो। गरिबले क्रेडिट कार्ड थप्छ, जीवनभर पे अफ गर्दैन र मिनिमम पेमेन्ट तिरेर बस्छ। गरिबले नयाँ गाडी किन्छ। ५ बर्ष वा ६ बर्षको दौरानमा उसलाई झन फाइनान्सियल दुब्लो, पातलो, मरनच्याँसे बनाउँछ।
घर ३० वर्षका लागि लिन्छ ऋणमा । ३० वर्षसम्म ब्याज, मर्मत, कर, बीमा र बैंकको किस्ता तिर्दा तिर्दै बुढो हुन्छ,आँखा देख्न छोड्छ, कान सुन्न छोड्छ, दाँत फुक्लिसक्छ, बच्चाहरूले बाटो तताइसक्छन् । अस्पताल र औषधिको तारिख धाउनु पर्ने बेला भइसक्यो । काममा काम गर्न सक्ने अवस्था छैन धेरै, पे चेक पातलिन थालिसक्यो । गाडीको पेमेन्ट अझै बाँकी छ, बैंकमा सेभिङ छैन धेरै । अघिल्लो महिनाको सपिङ्ग र अघिल्लो साताको क्रेडिट कार्डबाट किनेको ग्रोसरीको पेमेन्टको किस्ता तिर भनेर चिठ्ठी आउन लागिसक्यो । ज्यानले भन्या जस्तो खान र मागेको खान मिल्ने अबस्था मेटिसकेको छ । बर्षौसम्म क्यासमा काम गर्दा सोसियल सेक्युरिटीमा रकम जम्मा छैन, भएपनि कम छ र अवकाश जीवनमा आउने सोसियल सेक्युरिटीको रकम अबको महङ्गीमा हात्तीको मुखमा जिरा हुने अवस्था छ।
घरले जा जा, बनले आइज आइज भन्ने बेलासम्म ऋण चाहि जस्ताको त्यस्तै छ। घरको मोर्गेज अझै तिरि सकिएको छैन। शरीरले आराम खोज्ने बेलामा उसबेला समयमै बुद्धि नपुर्याउँदा र ऋण माथि ऋण थप्दाको परिणाम केही बर्षमा यसैगरी ब्यहोर्नु पर्ने अवस्था हुनसक्छ, धेरै नेपालीको अमेरिकामा।
त्यसैले मैले बारम्बार भन्दै आइरहेको छु, अमेरिकामा बेलामा बुद्धि, बेलामा कमनसेन्स र बेलामा ऋणको सदुपयोग र दहन गर्न सक्नु भएन भने फाइनान्सियल्लि बर्बाद हुने अवस्था छ धेरैको। जस जसले ठूला ठूला गफ, गुड्डी र आदर्शको कुरा गरेपनि आर्थिक रुपमा तपाई मजबुत हुनुहुन्न, आर्थिक रुपमा तपाई सबल हुनुहुन्न । आर्थिक रुपमा तपाई सक्षम हुनु भएन भने अमेरिकन जीवन नरक सरह हुनेछ भनेर बुझ्नुहोला र बुझ्नेले झन सिरियस बन्नु हाेला ।
किनभने आर्थिक जिम्मेवारी, आर्थिक बर्डेन बोझलाई सन्तुलन गर्न सक्नु भएन भने, व्यवस्थापन गर्न सक्नु भएन भने जति जीवन विज्ञानका नाममा उफ्रे पनि, नाचे पनि, ध्यान गरे पनि, ज्यान मर्काइ मर्काइ कुदे पनि आखिर मानिसलाई पागल र मानसिक रुपमा क्षतविक्षत, असन्तुलित र बर्बाद बनाउँदै लानेछ। आर्थिक स्ट्रेसका कारण थुप्रैले मगज गुमाउने र थुप्रैले ज्यान फाल्ने हुनसक्छ । तर्सथ 'पिस एवं पिस अफ माइन्ड यु नेभर गेट ब्याक।'
सानुबाबु सिलवाल
लामो समय नेपालमा पत्रकारितामा संलग्न रहेका सिलवाल वातावरण पत्रकार समाज (सेज नेपाल)का संस्थापक अध्यक्ष हुन । अर्थशास्त्र र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका वरिष्ठ पत्रकार सिलवालले नेपालमा रहँदा धेरैवटा साप्ताहिक पत्रिकामा वातावरण, आर्थिक, राजनीतिक, सामाजिक तथा मनोरञ्जन विटमा कलम चलाएका छन् ।
वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सञ्चार सल्लाहकार रहिसकेका सिलवाल वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणमा विशेष योगदान गरेवापत राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भइसकेका छन् ।
१९ वर्षदेखि अमेरिकाका विभिन्न शहरमा व्यापार व्यवसाय गरेर बसेका सिलवाल सामाजिक अभियन्ता पनि हुन् । अमेरिकामा रहेका नेपालीहरूको दुःख पीडामा मलम लगाउँदै अभियन्ताको पहिचान बनाएका समाजसेवी सिलवाल नेपाल अमेरिका चेम्बर अफ कमर्सका कार्यवाहक सभापति समेत रहेका छन् ।
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार