फरक क्षमताका नागरिकलाई कुखुराका चल्ला वितरण
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १३:२८:२५
३० जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले आयआर्जनका लागि कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिका भित्र रहेका फरक क्षमताका नागरिकलाई आयआर्जनमा टेवा पुग्ने उदेश्यले कुखुराका चल्ला वितरण गरेको हो ।
फरक क्षमता भएका मध्ये पहेलो र सेतो कार्ड प्राप्त गरेका लाभग्राहीलाई १० ओटाका दरले कुखुराका चल्ला वितरण गरेको वालिङ नगर पशु शाखाका प्राविधिक डोलराज गैह्रेले जानकारी दिए ।
१४ वटा वडा रहेको वालिङका सबै वडाका फरक क्षमता भएर पनि सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने लाभग्राहीको दैनिक आयआर्जनमा केहि मात्रामा भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले कुखुराका चल्ला प्रदान गरिएको प्राविधिक गैह्रेले बताए ।
नगरपालिकाले २९ जना फरक क्षमता भएका पहेलो र सेतो कार्ड प्राप्त गरेका नागरिकलाई उन्नत जातको कुखुराका चल्ला वितरण गरिएको वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनीले बताए । फरक क्षमता भएका नागरिक पनि बाच्न सहज हुने वातावरण स्थानीय सरकारले बनाइदिनुपर्छ पंगेनीले भने,‘अनुदान थोरै भएपनि यसको सदुपयोग गर्नुहोला ।’ अनुदानबाट प्राप्त गरेको चल्लाको दुरुपयोग नगरी आयआर्जन हुनेगरी सदुपयोग होस उनले भने ।
सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, पशु शाखा प्रमुख रोशन बस्याल, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पंगेनी, कार्यपालिका सदस्य हरिलाल विकलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । १४ वटै वडाका पहेलो र सेतो कार्ड पाएका नागरिकलाई यस्ता कार्यक्रमको निरन्तरता रहिरहने नगरपालिकाले जनाएको छ ।
सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीले फरक क्षमता भएकाहरुलाई यो कार्यक्रमले आर्थिक रुपमा सबल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् । हरेक कार्य सानैबाट शुरु हुने भएकाले व्यवसायिक रुपमा अगाडि बढ्न चाहानुहुनेका लागी नगरपालिकाले सँधै सहयोग गर्दै आएको पंगेनीले स्मरण गराइन् । लाभग्राहीले नगरपालिकाले दिएको अनुदानको पुरा सदुपयोग हुने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार