नेवार समुदायले सिथि नखः र कुमार जयन्ती पर्व मनाइयो
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १५:५०:४६
३० जेठ, भक्तपुर । जेठ शुक्लपक्ष षष्ठी तिथि अर्थात् कुमार षष्ठी । आज भक्तपुरसँगै काठमाडौंं उपत्यकासहितका नेवार समुदायले सिथि नखःपर्व भव्यरुपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानले वर्षाको महत्वपूर्ण धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाँडलाई वर्षा अघिको अन्तिम चाडकारुपमा मनाइन्छ ।
सिथि नखःमा आज विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत वरपर सरसफाइ गरिएको छ । वर्षाको पानी बगेर आउने भेल र फोहर खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
उनका अनुसार हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुल सफाइ गर्ने परम्परा वर्षौँदेखि रहँदै आएको हो ।
नेवार समुदायमा सिथि नखः महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्दछन् । जात्रापर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाँडको रूपमा सिथि नखःको विशेषता रहेको संस्कृतिविद् प्रा. डा. श्रेष्ठले बताए । उनका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन हो । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँलगायत कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो । तसर्थ आज भगवान् कुमारको जन्मदिनका रूपमा कुमार पूजा गर्ने प्रचलन छ ।
आजको दिन पानीको मुहान एवं स्रोत सफा गरेर मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात ‘बारा’ चढाउने र खाने प्रचलन रहेको छ । घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।
वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी शक्ति र मेहनत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नखःको दिन चामलको पिठोबाट बनाइएका विशेष प्रकारका रोटी, चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने गरेका संस्कृतिविद् राजकुमार जोशीले बताए।
आज शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएका परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उहाँको भनाइ छ । सिठी नखः का दिन माटोलाई चोट पु¥याउन नहुने मान्यता रहेकाले किसानले आज खेतबारीमा काम गर्दैनन् ।
आजको दिन दिगुपूजा ९देवाली० को अन्तिम दिन मानिन्छ । आज काठमाडौँको जैसिदेवलमा सिद्धिकुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यःको पूजा गरिन्छ । त्यस्तै भक्तपुर–५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
'तेल भिसा' र 'अग्निदहन' आजदेखि प्रदर्शनमा
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार