सहसचिव पाण्डेलाई बरण्डाको कुर्सी, प्रचण्डले पेन्डुलम बनाएका सापकोटा बर्षमानको रोजाईमा
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १७:०:७
३० जेठ, काठमाडौं । एकपछि अर्को विवादित काम गर्दै आएका अर्थमन्त्री वर्षमान पुनले बिना कारण सहसचिव टोकराज पाण्डेलाई जगेडामा पठाएका छन् । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रहेका पाण्डेलाई हटाएर अहिले नारायणप्रसाद सापकोटालाई ल्याइएको छ । गत चैत १२ मा मात्र अर्थ मन्त्रालय भित्रिएका सहसचिव सापकोटाले प्रशासन प्रमुखको जिम्मेवारी पाएका हुन् । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव पाण्डेलाई भने जगेडामा पुर्याइएको छ ।
आफैले एयरपोर्ट भन्सार कार्यालयको प्रमुखबाट अर्थ मन्त्रालय सरुवा मागेका पाण्डे स्वच्छ छविका कर्मचारी मानिन्छन् । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतका पालामा अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेका थिए । वर्षमान पुन अर्थमन्त्री भएपछि अर्थ भित्रिएका सहसचिव सापकोटाले डा. पाण्डेलाई विस्थापित गरेर प्रशासन महाशाखामा स्थापित भएका हुन् ।
झन्डै एक वर्षदेखि प्रधानमन्त्री प्रचण्डले ‘पेण्डुलम’ बनाएर राखेका वरिष्ठ सहसचिव सापकोटाले बल्लतल्ल जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री प्रचण्डले चार महिना मै गत वर्ष १२ असारमा राजश्व अनुसन्धान विभागको महानिर्देशकबाट अकस्मात् हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका भएका सहसचिव सापकोटा त्यसयता जिम्मेवारीविहीन अवस्थामा थिए ।
प्रचण्डका पीए नवराज ढुंगानाले सापकोटालाई विस्थापित गरेर राजश्व अनुसन्धान विभागको महानिर्देशक बनेपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका थिए । ९ महिनासम्म उनी प्रधानमन्त्री कार्यालयको बरण्डामा बस्न बाध्य भए । सापकोटाले पाण्डेलाई विस्थापित गरेपछि बरन्डामा बस्ने पालो पाण्डेको आएको चर्चा अर्थ मन्त्रालयका कर्मचारीहरूले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार