संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दाले सर्वोच्चमाथि उठायो प्रश्न, ३ वर्षदेखि लिङगरिङ
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १७:३३:५१
३० जेठ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्य उपस्थितिबाट नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा लिङरिङ भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रिया संविधान विपरीत भएको दाबी गर्दै मुद्दा दायर भएको थियो । पेशीमा चढेर पनि यो मुद्दाको सुनुवाइ बुधबार पनि भएन ।
यो मुद्दा करिब ३ वर्षदेखि सर्वोच्चमा अल्झिरहेको छ भने सर्वोच्चमाथि प्रश्न उठाइरहेको छ । प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा १६ औँ नम्बरमा पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । उक्त विवादमा न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने थियो ।
२०७७ सालमा दर्ता भएका मुद्दाहरू अन्तिम सुनुवाइका लागि भन्दै पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै आएका छन् । संवैधानिक इजलास हप्तामा दुई दिनमात्र बस्ने भएकाले पनि यो विवाद लामो समयदेखि सुनुवाइ हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री ओलीले तीन सदस्य उपस्थित संवैधानिक परिषदबाट सिफारिस गरेका पदाधिकारीको कार्यकाल सर्वोच्च अदालतले मुद्दामा सुनुवाइ नै नगरी पूरा हुन लागेको छ ।
सो समयमा नियुक्तिमा भाग लिएका तीनमध्ये एकजना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भएका कारण मुद्दामा सुनुवाइ हुन सकेको थिएन । जबरा महाभियोगबाट निलम्बित भएपछि बसेको पहिलो संवैधानिक इजलासले ५२ पदाधिकारी समेतलाई विपक्षी बनाउन आदेश गर्दै रिटलाई अग्राधिकार प्रदान गरेको थियो । तर, सर्वोच्चको संवैधानिक इजलासले अग्राधिकार प्रदान गरेको रिट सर्वोच्चले नै पन्छाउँदै न्यायिक संरक्षण दिइरहेको छ ।
न्याय प्रशासनको नेतृत्वका हिसाबले प्रधानन्यायाधीशले यसमा हस्तक्षेप नगर्दासम्म ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुन नसक्ने देखिएको छ । संविधान विपरीतको अध्यादेशबाट भएको नियुक्तिमा तीन वर्षसम्म निर्णय नहुनु, असंवैधानिक पदाधिकारीबाट संवैधानिक भूमिका निर्वाह हुनु र न्यायालयबाट पनि त्यसलाई सच्याउने प्रयत्न नहुनुले चिन्ताका विषय हुन थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगसहित संवैधानिक निकायमा त्यही सिफारिसबाट नियुक्त पदाधिकारीमाथि अग्राधिकार दिएर सर्वोच्चले ति पदाधिकारीहरूलाई पनि स्पष्टीकरणको मौका दिएर निर्णय गर्ने आदेश गरेका थियो । तर, इजलासले सुनुवाइ भने गर्न सकेको छैन । गएको माघ १६ मा साप्ताहिक सूचीबाट एक नम्बरमा तोकिएको असंवैधानिक रूपमा पदाधिकारी नियुक्तिविरुद्धको रिटमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ जिल्ला भ्रमणमा हिँडेपछि इजलास नै बस्न नसकेर स्थगित भएको थियो ।
करिब तीन महिनाको अन्तरालमा पेसी चढेको ‘अग्राधिकार प्राप्त रिट’ पुनः साढे तीन महिना सरेर जेठ ३० अर्थात् आजका लागि पेसी सरेको थियो । तर, बुधबार रिट १६औं नम्बरमा पर्दा पालो नआएर हेर्न नभ्याइनेमा परेको हो । अर्काे पेसी आउँदो भदौ १९ गतेलाई तोकिएको छ । २०७७ मंसिर ३० र ०७८ वैशाख २१ मा भएका नियुक्ति सिफारिस राणा हुँदासमेत अगाडि बढेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार