धनुषाको बडहडी खोलामा गरिएको अवैध उत्खननको छानबिन सुरु
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १९:४२:५८
३० जेठ, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोलामा अवैध रुपमा भएको बालुवा र गिट्टी उत्खननको छानबिन प्रक्रिया अगाडि बढाएको छ प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले छानबिनका लागि जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको र समितिमा हुलाकी सडक निर्देशनालय र बटेश्वर गाउँपालिकाका एक–एक जना प्राविधिक रहेको जानकारी दिए ।
समितिलाई खोला उत्खनन भएको स्थल तथा उत्खनन गरी ढुङ्गा बालुवा थुपारेको स्थानको नापजाँच लगायत कार्यको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको उनले बताए । गाउँपालिकाले बस्ती तथा त्यहाँको पर्यावरणमा असर नपर्ने गरी गत फागुन महिनामा बडहडी खोलामा बालुवा तथा ढुङ्गा झिक्नका लागि ठेक्का लगाएको थियो ।
महोत्तरीको बर्दिवासको पञ्चधुरा सप्लायर्सले १४ हजार चार सय ४५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि रु २७ लाख नौ हजार एक सय तीन मा ठेक्का लिएको थियो । सम्झौताविपरीत ठेकेदार कम्पनीले स्काभेटर तथा अन्य ठूला यन्त्रको प्रयोग गरी तीन गुणाभन्दा बढी बालुवा तथा ढुङ्गा झिकेको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार