दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार २०:४:२७
३० जेठ, गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेको जानकारी दिए ।
उनका अनुसार यहाँका वन क्षेत्रमा विश्वमा दुर्लभ मानिने मध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिर कालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरूको बासस्थान बनेको उनले बताए ।
यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ । पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका तथ्याङ्क छ । समग्र यहाँका वनमा तीन सय पाँच प्रजातिका चरा भेटिएका र यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ ।
समुन्द्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ । यहाँ पाइने सयौं प्रकारका वनस्पतिले अतिसङ्कटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पु¥याएको छ ।
सङ्घले गुल्मीको रेसुङ्गा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरूको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पु¥याउने गतिविधि सञ्चालन गरिरहेको छ ।
यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रुपमा रहेको जानकारहरू बताउँछन् । त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरू संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेको भनाइ छ । “जिल्लामा चरा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ ।
यिनको विकास र संरक्षणले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले यहाँको वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ”, पाण्डेले भने ।
पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुङ्गीहरुको अवैध चोरीसिकार आदिका कारण चरा पनि सङ्कटापन्न अवस्थामा रहेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
असोज २७, २०८१ आइतबार
बाबा सिद्दिकीको हत्यापछि बलिउडका सुपरस्टार सलमानको सुरक्षा बढाइयो
असोज २७, २०८१ आइतबार
श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु
असोज २७, २०८१ आइतबार
चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते
असोज २७, २०८१ आइतबार
तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या
असोज २७, २०८१ आइतबार
तनहुँमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढ्दा अस्पतालमा शय्याको अभाव
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
महिला टी २० विश्वकपमा इङल्याण्डद्धारा स्कटल्याण्ड पराजित
असोज २७, २०८१ आइतबार