हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा रकेट प्रहार
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार २०:३०:५५
३० जेठ, काठमाडौं । हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि धेरै ठाउँमा आगो लागेको छ । हिजबुल्लाहले उत्तरी इजरायलमा लेबनानबाट दर्जनौं रकेट प्रहार गरेको जनाएको छ ।
हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमान्डरको मृत्युको प्रतिक्रियास्वरुप यो हमला गरेको जनाएको हो । इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमान्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो ।
इजरायल र हिजबुल्लाहबीचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमान्डर हुन् । हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको छ ।
उही समयमा, इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ । इजरायलले अधिकांश रकेट हावामा खसालेको दाबी गरेको छ । इजरायलका अनुसार विभिन्न ठाउँमा धेरै रकेट खसेकाले धेरै ठाउँमा आगो लागेको छ ।
गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला बेला बेलामा हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार