रोजगारी तथा भिजिट भिसामा युरोप पठाउने भन्दै ठग्ने कन्सल्टेन्सी संचालकसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार २१:१२:११
३० जेठ, काठमाडौं । पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा पठाइदिने भन्दै एक हजार भन्दा बढी व्यक्तिलाई ठगी गर्ने कन्सल्टेन्सी संचालक सहित ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार ६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेतको विरेन्दनगर–९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २७ वर्षका रेशम रावल, सोही ठाउँका २४ वर्षका प्रेमबहादर रावल, काभ्रेपलाञ्चोक तिमाल–९ स्थायी घर भई धुम्बाराहीमा बस्ने ३० वर्षका सुरेन्द्र तामाङ रहेका छन् ।
यस्तै मोरङको शनिश्चरे–१० स्थायी घर भई अहिले नरेफाट बस्दै आएका ३५ वर्षका सन्तविर घिमिरे, डडेल्धुराको अमगरगडी–९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २६ वर्षका राजेश साउद र अछामको रामारोशन–१ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २५ वर्षका टंकराज खनाल रहेका छन् ।
उनीहरुविरुद्ध कार्यालयमा २५ जनाको जाहेरी दरखास्त आएको र जाहेरी दरखास्त आउने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुले कोटेश्वर तथा तीनकुनेमा संचालन गरेको युनिक कन्सल्ट एण्ड कन्सल्टेन्सी, वर्ल्डवाइड कन्सल्ट एन्ड कन्सल्टेन्सी लगायत नाम गरेका ४ वटा कन्सल्टेन्सीबाट रोजगारी तथा भिजिट भिसामा ती देश पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरू लिई रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार