नेकपाका ५० भन्दा बढी नेता तथा कार्यकर्ता जनमुक्ति पार्टीमा प्रवेश
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार २१:४२:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/parti-pra_3DfxSchKZB.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आज राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कर्णाली –काठमाडौं सम्पर्क समितिका सचिव सूर्य धियालसहित सयभन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका उपमहासचिव मेखराज परियारले बताए ।
१ नम्बर प्रदेशका पूर्व नेकपा ( माओवादी केन्द्र) का पनि ५० भन्दा बढी नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमुक्ति पार्टीको विचार र सिद्धान्त मन पराउँदै पार्टीमा समाहित भएका छन् । परियारले केही कलाकारलाई पनि पार्टीमा भित्रयाइएको बताए । परियारले समान विचार मिल्ने अन्य पार्टी र नेतालाई पनि पार्टी प्रवेश गराउने विषयमा छलफल भइरहेको जनाए ।
नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष केपी पालुङ्वा, संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेलगायतले अबिर माला लगाइदिएर पार्टी प्रवेश गराएका थिए । केही दिनअघि लोक जनशक्ति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको थियो ।
नयाँ पार्टीको नाम पनि राष्ट्रिय जनमुक्ति पार्टी नै रहेको छ । २०४७ सालमा यो पार्टीको स्थापना भएको थियो । यो पार्टीबाट गोरेबहादुर खपाङ्गी, शिबलाल थापा र एम्एस् थापा मन्त्री भइसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार