एलन मस्कमाथि महिला कमर्चारीसँग यौन सम्बन्ध बनाएको आरोप
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार ९:२:१०
३१ जेठ, काठमाडौं । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस–एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ ।
यस मामिलामा तीनजना महिला अगाडि आएका छन्, जसमध्ये दुईले मस्क र उनीहरुबीच यौन सम्बन्ध रहेको दाबी गरेका छन् । एक महिलाले मस्कले उनीसँग धेरै पटक आफ्नो बच्चा जन्माउने कुरा गरेको बताएकी छन् । यी मध्ये एक महिला स्पेस–एक्समा इन्टर्न थिइन् ।
मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाले बताएकी छन् । यति मात्र होइन, उनको प्रदर्शन पनि जानाजानी बिगारिएको आरोप लगाएकी छन् । अर्कोतर्फ, मस्कका वकिलहरूले वाल स्ट्रीट जर्नलको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनीहरुले यो प्रतिवेदन झुटो भएको र यसमा झुटा आरोप लगाइएको बताएका छन् ।
यसबाहेक स्पेस–एक्सका अध्यक्ष ग्वेन शटवेलले पनि उक्त आरोपलाई झुटो भनेका छन् । वाल स्ट्रीट जर्नलले आफुहरुसँग पर्याप्त प्रमाण रहेको बताउदै आफ्नो प्रतिवेदनमा ४८ जनाभन्दा बढी व्यक्तिबाट प्रमाण रहेको बताएको छ । जसमा सन्देशहरू, इमेलहरू र अन्य कागजातहरू समावेश छन् ।
जब महिला कर्मचारीहरूले कम्पनीको एचआरलाई यस विषयमा गुनासो गरे, एचआरले स्पेस(एक्सका अध्यक्ष ग्वेन शटवेललाई सम्पूर्ण कुरा बताएको दाबी गरिएको छ । यसपछि, शटवेलले मानव संसाधन टोलीलाई महिला कर्मचारीहरूलाई कम्पनीबाट निष्कासन गर्न आदेश दिएको रिपोर्टमा उल्लेख छ ।
यसअघि २०२२ मा एक उडान परिचारकले मस्कले उनलाई कामुक मसाज गर्न भनेको बताएकी थिइन् । २०२१ मा स्पेसएक्सका ५ भूतपूर्व महिला कर्मचारीले कम्पनीका केही व्यक्तिमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।
यति मात्र होइन, यस वर्षको सुरुमा पनि एक पूर्व कर्मचारीले कम्पनीमाथि यौन उत्पीडन र भेदभावको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यी सबै उजुरीहरू पछि, क्यालिफोर्नियाको नागरिक अधिकार एजेन्सीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार