सीट छोड्ने दुविधामा राहुल गान्धी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार ११:१२:१५
३१ जेठ, काठमाडौं । भारतको लोकसभा चुनावमा आफ्ना दुवै सीटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी दुविधामा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ ।
बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसदमा कुन सीटलाई प्रतिनिधित्व गर्ने भन्ने दुविधामा थिए । उनले भने, यसको जवाफ म बाहेक सबैलाई थाहा छ । राजनीतिमा सबैलाई थाहा हुन्छ, राजनीति गर्नेलाई बाहेक । केरलाको एडभान्ना, मलाप्पुरम, कलपेटा र वायनाडमा भएको बैठकमा उनले जे निर्णय लिन्छन वायनाड र रायबरेली दुबैका जनतालाई खुशी बनाउने बताए ।
राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद रैलीमा आफ्नो दुविधाको उल्लेख गरेनन् । तर उनले वायनाडमा यसबारे चर्चा गरेका थिए ।
राहुलको भाषणमा उनले वायनाड सीट छोड्ने संकेतहरू थिए । उनले भने, तपाईहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मेरा भावनाहरू व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । तिम्रो मायालाई जीवनभर सम्झिरहनेछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार