कोशी सरकारविरुद्ध केदार काकीले दिएको रिट मुसलमान, सुवेदी र रेग्मीको पूर्ण इजलासमा
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार ११:२३:३५
३१ जेठ, काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश त्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको छ । बिहीबार उक्त विवादमा अन्तिम फैसलाका लागि बहस हुने भनि यसअघि इजलासबाटै मिति तोकेर यसअघिको संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै रिट दायर गरेका थिए । उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च आएका हुन् । कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैर संवैधानिक भएको जिकिर गरेका छन् ।
उक्त रिटमा एकल इजलासले पाँच वटा संवैधानिक विवादका प्रश्नहरू निरुपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो । संयुक्त इजलासमा पनि बहसका क्रममा यही प्रश्न उठेपछि पूर्ण इजलासमा पठाइएको थियो । कार्कीको रिटमा आजबाट सुनुवाइ सुरु हुनेछ ।
कोशीमा संकल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएको भन्दै एमाले, माओवादीसहितका दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमारलाई मुख्यमन्त्री नियुक्त गरे ।
नियुक्ति लगत्तै त्यसबेला बहाल रहेका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव देखाएर सरकार परिवर्तन भएको भन्दै रिट दायर गरेका थिए । अहिले अंकगणित हिक्मतका पक्षमा देखिएको छ भने केदार कार्कीलाई संविधानअनुसार पदमुक्त हुने प्रक्रिया नै पूरा गरिएको छैन ।
त्यसैले सर्वोच्चबाट आउने फैसलाले सरकार निर्माणका लागि अंकगणित पर्याप्त हुन्छ वा संवैधानिक प्रक्रिया अनिवार्य हुन्छ भन्ने व्याख्या गर्नेछ । यसबाहेक संविधानको धारा १६८(५) अनुसारको सरकार पटक–पटक परिवर्तन हुन सक्छ वा सक्दैन भन्ने व्याख्या पनि सर्वोच्चले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार