वीरगन्जको शारदा माविमा सञ्चालित प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सहयोग समिति गठन
आबिद हुसेन
जेठ ३१, २०८१ बिहिबार ११:३७:३१
३१ जेठ, वीरगन्ज । वीरगन्ज महानगरपालिका-२४ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन भएको छ ।
मंगलबार विद्यालयमा प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा बसेको बैठकले प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सर्व सहमतिमा ९ सदस्यीय सहयोग समिति गठन गरेको हो ।
श्याम सर्राफको संयोजकत्वमा गठन गरिएको सहयोग समितिको सदस्यमा प्रकाश थारु, संजिव मिश्रा, राजेन्द्र सिंह, अनिशकान्त कुशवाहा, प्रेम पटेल, सन्नी कुमार दुवे, कृष्ण कुशवाहा रहेका छन् ।
गठित समितिले सो विद्यालयको प्राविधिक लगायतका शैक्षिक धारको प्रवर्द्धनका लागि आवश्यक पहल प्रयास तथा कार्य गर्न गराउन सहयोग गर्नेमा आफू विश्वस्त रहेको प्रधानाध्यापक मेहताले बताए । समितिले आवश्यकता अनुसारको कार्यक्रम बनाउने रणनीति तय गर्ने तथा सो बमोजिमको कार्य गर्ने गराउने निर्णय गरिएको समेत थपे ।
सो बिद्यालयले २०७३ सालमा सम्बन्धन प्राप्त गरि प्राविधिक शिक्षा तर्फको ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा तह कृषि बाली विज्ञान 'जेटिए' तथा भेटनरी 'भिजेटिए' अध्ययन अध्यापन गराउँदै आइरहेको जनाइएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार