तीन मन्त्रालयको बजेटमाथि ८ जना सांसदको खर्च कटौती गर्न प्रस्ताव, सांसदको उपस्थिति भने न्युन
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार ११:४७:१५
३१ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि खर्च कटौतीको प्रस्ताव पेश हुँदैछ । संसद बैठकमा सांसदको उपस्थिति भने न्युन देखिएको छ । बजेटमाथि छलफल सुरु भएदेखिनै सांसदको उपस्थिति कम देखिएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद प्रेम सुवालले विनियोजन विधेयक २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गदैंछन् ।
त्यसैगरी, सांसद बिना लामाले विनियोजन विधेयक २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गर्न खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ भने सांसद रुपा विकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्चमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दैछन् ।
राप्रपाका ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन भने सांसद शान्ति विकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
सांसद रोशन कार्कीले विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार
स्ववियु निर्वाचन चैत ५ गते हुने
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार