आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १२:०:४१
३१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराए । बैठकको सुरुमा उनले आगजनी प्रभावितलाई राहत उपलब्ध गराउन गर्न ढिलाइ नगर्न आग्रह गरे ।
सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न, यथेष्ट बजेटको प्रबन्ध गर्न माग गर्दै सुरक्षाकर्मीले स्रोत तथा साधनको अभावमा पनि उद्धार तथा राहतमा परिचालित भएकामा धन्यवाद दिए ।
सांसद भट्टराईले विपद्को पूर्वतयारी जुन स्तरमा हुनुपर्ने थियो त्यसअनुरुप हुन नसकेको भन्दै तत्काल प्रभावकारी प्रबन्ध गर्न आग्रह गरे । उनले जलवायु कोषको रकम प्राप्तिका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्वतयारीबिना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गरे । उनले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान
असोज २७, २०८१ आइतबार
दशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास
असोज २५, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
असोज २७, २०८१ आइतबार
बाबा सिद्दिकीको हत्यापछि बलिउडका सुपरस्टार सलमानको सुरक्षा बढाइयो
असोज २७, २०८१ आइतबार
श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु
असोज २७, २०८१ आइतबार
चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते
असोज २७, २०८१ आइतबार
तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या
असोज २७, २०८१ आइतबार
तनहुँमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढ्दा अस्पतालमा शय्याको अभाव
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
महिला टी २० विश्वकपमा इङल्याण्डद्धारा स्कटल्याण्ड पराजित
असोज २७, २०८१ आइतबार