कर घटाउने माग लिएर गएका व्यापारीलाई परराष्ट्रमन्त्री श्रेष्ठको घरमा चियानास्ता
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १३:२४:३४
३१ जेठ, काठमाडौं । नेपालमा ठूलो उद्योग सञ्चालन गरिरहेका भारतीय कम्पनीका प्रतिनिधिले नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आयातीत वस्तुको कर घटाउन माग गरेका छन् । उनीहरुले करका विषयमा असम्बन्धित मन्त्रालयका मन्त्रीसँग भेट गरी चिया नास्ता पनि गरेका छन् । उनीहरुले यो भेटलाई अनौपचारिक भेटघाट भएको बताएका छन् ।
नेपाल भारत उद्योग वाणिज्य संघका महानिर्देशक केशवमान सिंहसहित श्रेष्ठ निवास पुगेको टोलीले नेपालमा स्थापना भएका उद्योगले आयातित तयारी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको र यो विषय प्रधानमन्त्री र अर्थमन्त्रीलाई भनिदिन आग्रह गरेका थिए । नेपालमा उद्योग खोलेका भारतीय कम्पनीहरूले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने भन्सार एउटै भएकाले दोहोरो कर व्यवस्था हटाउनुपर्ने उनीहरुको माग छ ।
मन्त्री श्रेष्ठको निवासमा अनौपचारिक भेटघाटमा कम्पनीका प्रतिनिधिहरूले कच्चा पदार्थमा कर बढी हुँदा नेपालमा उद्योग खोलेका व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो गरेका थिए । नेपाल भारत उद्योग वाणिज्य संघमा आबद्ध कम्पनीका प्रबन्ध निर्देशक र देशीय प्रबन्धकले उद्योगलाई परेको मारबारे जानकारी गराए । सरकारले उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र तयारीका वस्तुमा एक तहको फरक छुट्याएको र कतिपय कच्चा पदार्थको रुपमा भित्रिने वस्तुमा कर लगाएको उनीहरुको भनाइ छ ।
छलफलमा सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायभरम, बर्जर जेन्सन एन्ड निकल्सन पेन्टर्सका काउन्ट्री म्यानेजर शैवाल घोष, युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी, निर्देशक रविभक्त श्रेष्ठ, स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरख शमशेर राणा, एसियन पेन्ट्स नेपालका प्रबन्ध निर्देशक अभिमान बरारिया, डाबर नेपालका फाइनान्स कन्ट्रोलर र नेपाल भारत उद्योग वाणिज्य संघका महानिर्देशक केशवमान सिंह लगायत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार