नतिजा अनुमोदनसहित सर्वोच्चमा चार जना न्यायाधीशको नाम सिफारिसका लागि बोलाइयो न्यायपरिषद
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १४:४:१३
३१ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाइने भएको छ । यसका लागि बिहीबार अपरान्ह न्याय परिषद् बैठक बोलाइएको छ । बैठक जिल्ला न्यायाधीशको लोकसेवाको नतिजा अनुमोदन गर्न बोलाइएको बताइए पनि न्यायाधीश नियुक्तिबारे छलफल हुनेछ ।
बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा राखिएका छन् । बैठकमा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्तिका लागि सिफारिस हुने सम्भावना रहेको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई अवकाशमा जान लागेको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने अवाज उठिरहेको छ ।
चारमध्ये बाहिरबाट दुई र विभागबाट दुईजना ल्याउने विषयमा विवाद छ । सत्ता पक्षमा पनि एमाले र माओवादीबीच आफ्नो व्यक्तिलाई भन्ने विवाद देखिएको छ । कानुनमन्त्रीले महान्यायाधिबक्ता दिनबन्धु पोखरेलका विषयमा असहमति राख्दै आएका छन् । गृहमन्त्री रवि लामिछानेको बचाउन प्रकरणमा महान्यायाधिवक्ता दीनबन्धु पोखरेल विवादमा तानिएका छन् । उनीविरुद्धको मुदद सर्वोच्चमा छ ।
दिनमणि पोखरेलसहित नृपध्वज निरौला, नित्यानन्द पाण्डे, शान्ति सिंह, टेकनारायण कुँवर, रमेश राजभण्डारी, लोहितचन्द्र शाह र श्रीकान्त पौडेलको नाम सर्वोच्चको न्यायाधीशका लागि चर्चामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार