आज भारतीय प्रधानमन्त्री मोदी इटाली जाने
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १४:४३:१०
३१ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात 'जी–७' शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्ने भएका छन् ।
जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सका साथै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले भाग लिने छन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकी थिइन् । यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र जी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ ।
विदेशसचिव क्वात्राका अनुसार प्रधानमन्त्री मोदीले आफ्ना इटालियाली समकक्षी जर्जिया मेलोनीसँग पनि द्विपक्षीय बैठक गर्ने अपेक्षा गरिएको छ ।
एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विदेश सचिव विनय क्वात्राले लगातार तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदीको यो पहिलो विदेश भ्रमण भएकाले महत्त्वपूर्ण रहेको बताए । “यसले उनलाई भारत र ग्लोबल साउथका लागि महत्त्वपूर्ण मुद्दाहरूमा जी–७ शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग सम्लग्न हुने अवसर पनि दिनेछ । यो जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ “, उनले भने ।
क्वात्राका अनुसार जी–७ शिखर सम्मेलनमा विशेषत आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, अफ्रिका र भूमध्यसागरको अवस्थाबारे छलफल गरिनेछ । “जी–७ शिखर सम्मेलनमा भारतको नियमित सहभागिताले शान्ति, सुरक्षा, विकास र वातावरण संरक्षण लगायत विश्वव्यापी चुनौतिहरूको समाधान गर्ने प्रयासमा गरेको निरन्तर प्रयासहरूको बढ्दो मान्यता र योगदानलाई कदर गरिनेछ,” उनले थप बताए।
जनवरी १ मा इटालीले सातौँ पटक जी–७ को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत जी–७ सदस्य राष्ट्र हुन्।
सात सदस्य राष्ट्रका नेताहरू, साथै युरोपेली परिषद्का अध्यक्ष र युरोपेली सङ्घको प्रतिनिधित्व गर्ने युरोपेली आयोगका अध्यक्षले जी–७ शिखर सम्मेलनमा भाग लिनेछन्। भारत, टर्की र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसहित धेरै राज्यहरूलाई पनि इटालीले जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार