कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १५:४४:४४
३१ जेठ, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्ग बहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्ग बहादुर दमाई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दोलखाबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाडौंको २०५६ फागुन ७ गतेको पत्र अनुसार उनीहरू कैद मुक्त भएका थिए ।
साथै उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०५८ मंसिर ७ गते उनीहरूलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल काठमाडौंमा पठाइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार