शेयरमा माघ यताकै बढी रकम कारोबार, नेप्से भने घट्यो
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १५:४८:४
३१ जेठ, काठमाडौं । शेयरबजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर आज बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन शेयर परिसूचक नेप्से ९.३२ अंकले घटेर २११२.२९ को बिन्दुमा बन्द भयो । तर, बजारमा पाँच महिनायताकै उच्च मूल्यको कारोबार भएको छ ।
नेप्सेका अनुसार बिहीबार गत माघ ८ गतेपछिकै उच्च मूल्यको कारोबार भयो । आज ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । गत माग ८ गते ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो । यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक भने घटेको छ ।
बुधबार पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको थियो भने मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो । सोमबार पाँच अर्ब ४९ करोड ६ लाख र आइतबार पाँच अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक र फाइनान्स समूहको शेयर मूल्य बढेको छ । विकास बैंक समूहको परिसूचक १.३१ प्रतिशत र फाइनान्स समूहको परिसूचक २.०३ प्रतिशतले वृद्धि भएको छ ।
बजारमा कुल ७७ हजार ४०० वटा कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजारको कारोबार भएको छ । जसमध्ये नेपाल फाइनान्सको सर्वाधिक २८ करोड ४७ लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड कम्पनीको २० करोड ५८ लाख, समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२ करोड ९१ लाखको कारोबार भएको छ ।
सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक समान १.०३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.४३ प्रतिशतले घटेको छ ।
बिहीबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको शेयर कारोबार भएकोमा १४८ कम्पनीको शेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ९३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये समृद्धि फाइनान्स र कुथेली बखारी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.८२ प्रतिशत र बाराही हाइड्रोपावरको शेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार